सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै
कांग्रेस–एमालेसहितको गठबन्धनले सरकार बनेको दुईमहिनापछि न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
काठमाडौं, असोज २ : वर्तमान सत्ता गठबन्धनले आज साँझ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
कांग्रेस–एमालेसहितको गठबन्धनले सरकार बनेको दुईमहिनापछि न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो। कांग्रेस महामन्त्री थापाले शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा यसको जानकारी दिए।
साझा कार्यक्रममा शिक्षा ऐन तत्काल पारित गर्ने विषय पनि उल्लेख हुने बताइएको छ। कांग्रेस महामन्त्री गगन थापाले सदको हिउँदे अधिवेशनको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए।
प्रकाशित मिति: १५:०८ बजे, बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












