Kathmandu Press

दाङको माध्यमिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालय

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको हो। 
दाङको माध्यमिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालय

काठमाडौं, असोज २ : दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको छ। शिक्षा दिवसका अवसरमा सरकारले श्री माविलाई उत्कृष्ट सामुदायि विद्यालय घोषणा गरेको हो। 

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको हो। 

यस्तै, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दोस्रो बन्यो भने दाङकै जनकल्याण मावि तेस्रो बन्यो। प्रथम, द्वितिय र तितृयले क्रमशः ३, २ र १ लाख रुपैयाँ प्राप्त गरेका छन्। 

यस्तै, निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएका छन्। उनीहरूले पनि सामुदायिक जति नै पुरस्कार प्राप्त गरेका छन्। 

विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याकंनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ भने सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ। दुवैले समुान साढे २ लाख रुपैयाँ पाए।

यस्तै, निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भएको छ। प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । उनीहरूले जनही १–१ लाख पुरस्कार पाएका छन्।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, असोज २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्