Kathmandu Press

कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 

नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । 
कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 

विराटनगर, असोज २ : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्।

नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ। 

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। साउन ११ गते माओवादी कोसी सरकार छाडेको थियो। कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन्। 

प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। गत वैशाख २७ गते कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। 

प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्