Kathmandu Press

संस्कृती, पर्यटन र हवाई नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे

‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरुलाई अन्तिम रुप दिने काम सक्नेछौं। हिउँदे अधिवेशनमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका अधिक्तम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौं,’ उनले भने।
संस्कृती, पर्यटन र हवाई नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे

काठमाडौं, असोज १ : पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउँदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृति, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रुप दिने बताएका हुन्। 

Hardik ivf

‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरुलाई अन्तिम रुप दिने काम सक्नेछौं। हिउँदे अधिवेशनमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका अधिक्तम ऐनहरु र निर्देशिका बनाउने दिशामा अग्रसर छौं,’ उनले भने।

संस्कृति नीति, पर्यटन नीति र हवाइ नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेको भन्दै यसबाट नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिने उनले बताए। 

‘संस्कृति नीति, पर्यटन नीति र हवाई नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेका छौ। नेपाल एरलाइन्सलाई कसरी सुधार गर्ने र सुरक्षाको हिसाबले नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्ने हाम्रो दायित्व छ,’ उलने भने, ‘नीजि क्षेत्रको भूमिका जति गतिशिल हुन्छ, त्यति नै यो मन्त्रालयले टेवा प्राप्त गर्छ।’ 

उनले पर्वतारोहण संघको भूमिका नखुम्चाइ, थप सिर्जनशिल, गतिशिल र पर्वतारोहणमा अझ थप योगदान गर्ने संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यस्तै, अहिले एकले अर्काको खुट्टा तान्ने होइन सहकार्यमा काम गर्ने समय आएको भन्दै काङ्ग्रेस–एमाले एक ठाँउमा आउनुको मूल मर्म पनि यही नै रहेको उनको भनाई छ। 

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असोज १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्