Kathmandu Press

प्रदेश संरचना हटाउन सकिँदैन, समावेशितामा कसैको प्रश्न छैन : देउवा  

‘प्रदेश संरचना बनिसकेको छ। प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन । कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ,’ देउवाले भने।
प्रदेश संरचना हटाउन सकिँदैन, समावेशितामा कसैको प्रश्न छैन : देउवा  

काठमाडौं, असोज १ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन्।

नेपाली कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नेक्रममा यस्तो भनाई राखेका हुन् । सभापति देउवाले प्रदेशहरुलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरे। 

‘प्रदेश संरचना बनिसकेको छ। प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन । कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ,’ देउवाले भने।

सभापति देउवाले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको पनि बताए। कतिपय समुदायले अहिले पनि चुनाव जितेर आउनसक्ने अवस्था नरहेको बताउँदै समावेशीता आवस्यक रहेको भनाई देउवाको थियो। 
 
प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, असोज १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्