सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा
न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले मस्यौदा निर्माणको कामलाई बुधबारसम्मसम्पन्न गर्नेगरी तिब्रता दिएका छन्।काठमाडौं, असोज १ : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अन्तिम चरणमा पुगेको छ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले मस्यौदा निर्माणको कामलाई बुधबारसम्मसम्पन्न गर्नेगरी तिब्रता दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानुअघि नै मस्यौदा सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री ओली आगामी असोज ४ गते यूएन महासभामा भाग लिन अमेरिका जाँदैछन्।
मस्यौदा तयारीका लागि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका दुईदुई जना नेता सम्मिलित कार्यदल गठन गरिएको थियो। मस्यौदा तयार गरिसकेपछि शीर्ष नेतालाई अध्ययनका लागि बुझाउने तयारी छ।
न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत छन् । यता, एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।