Kathmandu Press

राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

केही समयदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान चलाइरहेका महतोले मंगलबार विधिवत रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’को घोषणा गरेका हुन्।
राजेन्द्र महतोले गरे ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

काठमाडौं, १ असोज : राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टीको घोषणा गरेका छन्। 

केही समयदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक अभियान चलाइरहेका महतोले मंगलबार विधिवत रुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’को घोषणा गरेका हुन्।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालको राष्ट्रिय समिति बैठकमा अवसरमा महतोले पार्टीको घोषणा गरेका हुन्। 

आगामी कार्तिकमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता गराउने र पार्टीको अध्यक्ष आफैँ रहने समेत उनले बताएका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले गत फागुनमा उक्त अभियानको सुरुवात गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेपछि उनले नयाँ अभियानको थालनी गरेका थिए।
 
प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, असोज १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्