बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवायुवतीलाई इन्द्रजात्राबाट निकालियो
प्रहरीले हटाएका कारण बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवती समारोहस्थल बाहिर निस्केका छन्।काठमाडौं, असोज १ : इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा काठमाडौंका मेयसर बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई प्रहरीले हटाएको छ।
प्रहरीले हटाएका कारण बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवती समारोहस्थल बाहिर निस्केका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने समारोहमा विरोध हुनसक्ने संभावनालाई मध्येनजर गर्दै प्रहरीले उनीहरुलाई समारोह स्थलबाट हटाएको जनाइएको छ। उक्त समारोहमा मेयर बालेनको उपस्थिति भने निश्चित छैन। उनी भारत भ्रमणमा छन्।
कार्यक्रममा बालेनको पक्षमा नाराजुलुस गर्ने स्थिति आएपछि त्यसलाई रोक्न युवाहरूलाई पक्राउ गरिएको गरिएको प्रहरीले जनाएको छ। ती व्यक्तिहरूलाई स्थानीयहरूले विरोध गरेपछि उनीहरूकै सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ।
प्रकाशित मिति: १३:५० बजे, मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरबारमा विपक्षी दलहरू छलफलमा बुधबार, माघ २, २०८१
भूकम्प दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरीबुधबार, माघ २, २०८१
रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस बुधबार, माघ २, २०८१
आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना बुधबार, माघ २, २०८१