निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित
आयोगले २०८१ साल मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको जनाएको छ।
काठमाडौं, असोज १ : निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।
आयोगले २०८१ साल मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन तोकिसकेकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको जनाएको छ। आयोगका अनुसार सोमबारसम्म दर्ता नामावलीमात्र मान्य हुनेछ।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि सोमबार बसेको आयोग बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको छ। तीन स्थानीय तहका प्रमुख एवम् अध्यक्षसहित ४१ स्थानमा उपनिर्वाचन हुँदैछ।
प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












