Kathmandu Press

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको जनाए। 
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री

काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

१२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना दिँदै उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिए।

‘पूर्वीय दर्शनले सयौं वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आपूmमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन्। हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो। समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं,’ उलने भनेका छन्। ‘बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा  पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थिए। खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं अब फेरि हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनःजागृत गर्नुपर्ने।’

प्रधानमन्त्री ओलीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको जनाए। 

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, असोज १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्