Kathmandu Press

एनआरएन विवादमा मिसिल झिकाउने आदेश

न्यायाधीश बालकृष्ण ढकालको इजलासले  एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ।
एनआरएन विवादमा मिसिल झिकाउने आदेश

काठमाडौं, भदौ ३१ : सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले  एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते रिट निवेदन दायर गराएको थियो।

संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतले यसअघि दुईवटा फैसला सुनाइसकेको छ।

प्रकाशित मिति: २१:११ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्