Kathmandu Press

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्यूयोर्कमा भेटघाटका लागि प्रस्ताव

संयुक्त राष्ट्र संघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अगामी असोज ४ गते न्युयोर्क प्रस्थान गर्दैछन्। 
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्यूयोर्कमा भेटघाटका लागि प्रस्ताव

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाटका लागि नेपालले समय प्रस्ताव गरेको छ। 

संयुक्त राष्ट्र संघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अगामी असोज ४ गते न्युयोर्क प्रस्थान गर्दैछन्। 

Hardik ivf

न्युयोर्क पुगेकै साँझ मोदीसँग भेटका लागि प्रश्ताव गरिएको स्रोतल जनाएको छ । मोदी पनि महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्दै छन्। 

ओली र मोदीबीच भेटघाटको समयका लागि नेपालले प्रस्ताव गरे पनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ। 

आगामी २२ सेप्टेम्बर साँझ स्थानीय ५ः३० बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री भेटघाटको प्रस्ताव गरिएको छ। 

यसअघि प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणमा पुगेका बेला मोदीलाई नेपाल भ्रमणको निमन्त्रण दिएकी थिइन् । 

प्रकाशित मिति: २०:४४ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्