Kathmandu Press

रास्वपा सभापति लामिछाने सहकारी रकम अपचलनमा दोषी रहेको निर्क्याेल [पूर्णपाठ]

गोर्खा मिडिया नेटवर्क लगायत कम्पनीहरुमा शेयर बिक्री गर्दा कीर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको उल्लेख छ। 
रास्वपा सभापति लामिछाने सहकारी रकम अपचलनमा दोषी रहेको निर्क्याेल [पूर्णपाठ]

काठमाडौं, भदौ ३१ : सहकारी संस्था बचत रकम अपचलनमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनमा संलग्न रहेको निक्र्योल गरेको छ। 

समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष छानविन प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन अनुसार सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको जनाइएको छ। 

Hardik ivf

लामिछानेसहितका पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ। प्रतिवेदनले सहकारी संस्थाबाट रकम ल्याउन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई जिम्मेवार ठहर गरिएको हो। गोर्खा मिडिया नेटवर्क लगायत कम्पनीहरुमा शेयर बिक्री गर्दा कीर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको उल्लेख छ। 

प्रतिवेदनले भनेको छ, ‘भुक्तनाी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको कर तिर्ने बाध्यकारी प्रबन्ध गर्न र स्वेट शेयर सम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने।’

यस्तै, प्रतिवेदनले सहकारी संस्थाहरूको नियमनका लागि दोस्रो तहको नियमनकारी निकायका रूपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने गरी स्वायत्त संस्थाका रूपमा सहकारी प्राधिकरण स्थापना गरिनु पर्ने, प्राधिकरण स्थापना गर्दा ध्यान दिनुपर्ने लगायत सिफारिस गरेको छ। 

यस्ताे छ प्रतिवेदनकाे पूर्णपाठ

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्