Kathmandu Press

संसदीय छानविन समिति सदस्य खनाल भन्छन्– रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको बताए। 
संसदीय छानविन समिति सदस्य खनाल भन्छन्– रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो
फाइल तस्बिर।

काठमाडौं, भदौ ३१ : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ‘क्लिनचिट’ पाएको रास्वप सांसद तथा सहकारी गठी छानविन संसदीय समितिका सदस्य शिशिर खनालले बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको बताए। 

‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन,’ उनले भने, ‘सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ।’

सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेश गरेको छ। 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्