Kathmandu Press

यी हुन् संसदमा सबैभन्दा धेरै अनुपस्थित हुने सांसद

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन्। 
यी हुन् संसदमा सबैभन्दा धेरै अनुपस्थित हुने सांसद

काठमाडौं, भदौ ३१ : लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ। 

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन्। 

संसद बैठकमा सबैभन्दा धेरै अनुपस्थित हुनेमा गीता बस्नेत छिन् । यस्तै, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा पनि सूचीमा छन्। 

यस्तै, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र नारायणप्रकाश साउद पनि संसदको १० भन्दा बढी बैठकमा अनुपस्थित छन्। 

यसरी लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन्। उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन्।
 
प्रकाशित मिति: १८:०४ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्