Kathmandu Press

संसदीय समितिले प्रतिवेदन बुझाएपछि रविले भने– सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो 

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं। व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ,’ उनले भने, ‘मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौं।’
संसदीय समितिले प्रतिवेदन बुझाएपछि रविले भने– सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो 
फाइल तस्बिर।

काठमाडौं, भदौ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठक पश्चात उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए।  

Hardik ivf

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं। व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ,’ उनले भने, ‘मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौं।’

सभापति लामिछानेले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाँउमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए। उनले लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार आफूलाई नभएको बताए। 

‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो। लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुँदैन्,’ उनले भने, ‘त्यसकारण आएका कुरालाई एम्डीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ।’

सहकारी ठगीमा आफ्नो संलग्नता भएको भन्दै आफूलाई ठग भनेर प्रमाणित गरेर लाखौं सहकारी पीडितमाथि पाप उनले बताए। 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्