Kathmandu Press

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 
मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

मोरङ, भदौ ३१ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादीले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो।

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

कोशी प्रदेशसभामा ९३ सदस्य छन्। जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य छन् भने माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। 

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ।

प्रकाशित मिति: १६:४८ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्