Kathmandu Press

लागतार दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ। 
लागतार दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, भदौ ३१ : यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार ५० अंकले घटेको नेप्से परिसूचक सोमबार ५७.०३ अङ्कले घटेको छ।

नेप्से परिसूचकमा २.१६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ। परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो। 

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ। 

आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ५.६६ प्रतिशतले घटेको छ। बैंकिङ १.५९, विकास बैंक २.७२, होटल तथा पर्यटन २.४८, जलविद्युत् २.२८, लगानी २.५३ र जीवन बीमा १.९१ प्रतिशतले घटेको छ। 

त्यस्तै, उत्पादन तथा प्रशोधन १.७१, लघुवित्त २.४३, म्युचुअल फन्ड १.१७, निर्जीवन बीमा १.९१, व्यापार २.७६ र अन्य समूह २.३३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्