Kathmandu Press

मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो। यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल  निर्माण गरिएका छन्। 
मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

धनुषा, भदौ ३१ : मधेश प्रदेशको चार जिल्लामा आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ। 

आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो। केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ। 

प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो।

Hardik ivf

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो। यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल  निर्माण गरिएका छन्। 

हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको  लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए। हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए। 

‘हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन्। राजमार्गमा  सवारी साधनको आवागमनमा वृद्धि भएको छ,’ उनले भने।

कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९.९८ किमी (कमला–बलान सडकं, २७.४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५.५८ किमीको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १०.२६ किमीको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन्।

महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ।

यस्तै सर्लाहीमा २२.८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१.२० किमी लामो  फुलजोड–त्रिभुवन नगर सडक तथा ४०.३७ किमी लामो शितलपुर–मलङ्गवा–खरैयाटोल सडक, २६.५९ किमी लामो नवलपुर–मलंगवा तथा ४०.५८ किमी लामो नयाँ रोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन्।  (रासस)

प्रकाशित मिति: १६:१० बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्