संसदको चालू अधिवेशन अन्त्य
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
काठमाडौं, भदौ ३१ : संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०६१ साल भदौ ३१ गते सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
प्रकाशित मिति: १४:०३ बजे, सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार