Kathmandu Press

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेट 

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका छन्। 
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेट 

काठमाडौं, भदौ ३१ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबीच भेटवार्ता भएको छ। 

सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो। 

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका छन्। 

‘विश्व बैंकले काठमाडौँ उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस्। उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,’ उपप्रधानमन्त्री सिंहले भने।

काठमाडौं उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्न उपप्रधानमन्त्री सिंहले जोड दिए। 

सो अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताइन्। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्