Kathmandu Press

सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न रहेको संसदीय छानविन समितिको निष्कर्ष

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।
सहकारीको रकम अपचलनमा रवि लामिछाने संलग्न रहेको संसदीय छानविन समितिको निष्कर्ष

काठमाडौं, भदौ ३१ : गोर्खा मिडिया नेटवर्क मार्फत भएको सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष संसदीय छानबिन समितिले  निकालेको छ। 

कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट पुष्टि भएको छ ।

सूर्य थापा नेतृत्वमा बनेको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनमा रवि लामिछानेलगायतको संलग्नत देखिएको रायसहितको प्रतिवेदन आज बुझाउने सभामुखलाई बुझाउँदै छ। 

सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याएको र त्यो रकम रवि मार्फत खर्च भएको समितिको निष्कर्ष छ। गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए।

गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए। तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ।

समितिले प्रतिवेदनमा रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गर्ने समितिका एक सदस्यले बताएका छन्। समितिले २ हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ। 
 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, भदौ ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्