Kathmandu Press

माओवादीले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने

आज संसदमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्युसूची रहेकाले माओवादीले आज संसद अवरोध नगर्ने भएको हो।
माओवादीले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने

काठमाडौं, भदौ ३१ : केही दिनयता निरन्तर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले आजको बैठकमा भने अवरोध गर्ने भएका ेछ। 

आज संसदमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्युसूची रहेकाले माओवादीले आज संसद अवरोध नगर्ने भएको हो।

Hardik ivf

प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध नगर्ने बताएको छ। 

प्रधानमन्त्री केपीले राष्ट्र संघ भ्रमणमा जाने विषयमा गर्ने जानकारी गराउन आज संसदलाई सम्बोधन गर्दैछन्। 

प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी युद्धलाई ‘हिंसा’ भनेकोमा भने आफूहरूको आपत्ति कायमै रहेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्। 

‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न अवरोध गर्दैनौं,’ उनले भने, ‘सभामुखको विरोधमा छैनौं। हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं।’

आजैबाट संघीय संसदको चालु अधिवेशन अन्त्य हुँदैछ। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्