Kathmandu Press

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

महसंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो। 
सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौं, भदौ ३१ : अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भई कीर्तिमान कायम गरेको छ। 

महसंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो। 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ। 

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्