Kathmandu Press

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
Hardik ivf

काठमाडौं, भदौ ३१ : नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । 

यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो । आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो । 

यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने जनाइएको छ । 

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, भदौ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्