Kathmandu Press

एभरेष्ट महिला भलिबल लिगको ट्रफी सर्वाजनिक

ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ। ट्रफीले नेपालका प्रमुख शहर गुमाइने आयोजकले जनाएको छ। 
एभरेष्ट महिला भलिबल लिगको ट्रफी सर्वाजनिक

काठमाडौं, भदौ ३० : नेपालमा पहिलो पटक आयोजन हुन लागेको महिला फ्रेन्चाइज भलिबल लिग ‘एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभिएल)को ट्रफी सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरिएको हो।

ट्रफी ७ किलो, २२ इन्च अग्लो रहेको छ। ट्रफीले नेपालका प्रमुख शहर गुमाइने आयोजकले जनाएको छ। 

Hardik ivf

जसअनुसार १७ सेप्टेम्बरमा कर्णाली, २० सेप्टेम्बरमा मधेश,२३ सेप्टेम्बरमा चितवन, २५ सेप्टेम्बरमा गण्डकी, २७ मा ललितपुर र २८ सेप्टेम्बरमा काठमाडौंमा घुमाइनेछ।

ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउन डाउन पनि सुरु भएको छ। असोज १४ देखि १९ गतेसम्म राखेप कभर्ड हलमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुने छन्। 

टिमका लागि यसअघि नै खेलाडी वितरण गरिसकिएको छ। केही टिमले विदेशी खेलाडी भित्र्याउन मात्र बाँकी छ। 

प्रकाशित मिति: २१:२१ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्