Kathmandu Press

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकतसहित ४० सहसचिवको सरुवा, को कहाँ पुगे?

सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। उनको स्थानमा महानगरमा काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईंलाई ल्याइएको छ। 
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकतसहित ४० सहसचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं, भदौ ३० : सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एकै पटक ४० सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। उनको स्थानमा महानगरमा काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईंलाई ल्याइएको छ। 

यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा गरिएको छ भने सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिजललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ। 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई गृह मन्त्रालय लगिँदा त्यहाँ राष्ट्रिय दलित आयोगका शिवराज चौंलागाईं पठाइएको छ। 

को कहाँ पुगे, हेर्नुस् सूची

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्