Kathmandu Press

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो। 
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुने

काठमाडौं, भदौ ३० : स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने भएको छ। 

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ गते उपचुनाव गर्ने निर्णय गरेको हो।

मन्त्रिरिषद् बैठकले निर्वाचन आयोजका पदाधिकारीसँगको छलफलपछि आयोगकै सुझावका आधारमा उपनिर्वाचनको मिति घोषणा गरेको हो। 

तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ। काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रित्त छ । दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छ।

२६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्