Kathmandu Press

प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने

आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो। यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो।
प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौं, भदौ ३० : प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगित भएको छ। आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आजै अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो। यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो।

प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई सत्तारुढ नेकपा एमालेका सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो।

माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ। आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष टुंगिएको थियो ।

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्