Kathmandu Press

पाेखरामा पलेशालाई नगदसहित सम्मान, गण्डकी सरकारले मासिक भत्ता उपलब्ध गराउने

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे। 
पाेखरामा पलेशालाई नगदसहित सम्मान, गण्डकी सरकारले मासिक भत्ता उपलब्ध गराउने

कास्की, भदौ ३० : पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ। 

पोखरा रंगशालामा आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई एक लाख ५० हजार, पोखरा महानगरपालिकाले दुई लाख २२ हजार दुई सय २२ तथा नेपाल तेक्वान्दो संघ कास्कीले ५० हजार पाँच सय र सम्मानपत्रबाट सम्मान गरिएको हो। 

Hardik ivf

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सो सम्मान प्रदान गरे।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन्। 

पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेको हुन्। 

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे। 

‘प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरूलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ,’ उनले भने, ‘पलेशा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलव्ध गराउने घोषणा गर्दछु।’

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्