Kathmandu Press

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्। 
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं, भदौ ३० : डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। 

आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्। 

मुद्दा दर्तापछि अधिवक्ता न्यौपानेले २२ अर्ब नेपाल विधुत्त प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए। एनले निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको आरोप लगाए। 

अधिवक्ता न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहिन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताए। 

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्