माओवादी केन्द्रले आइतबार पनि सदन अवरोध जारी राख्ने
सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति नजुटेपछि संसद अवरोध जारी राख्ने निर्णय लिइएको हो। सभामुख देवराज घिमिरेले संसद खुलाउने बिषयमा दलका प्रमुख सचेतकहरूसँग आइतबार छलफल गरेका थिए।
काठमाडौं, भदौ ३० : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आइतबार पनि संसद्मा अवरोध कायम राख्ने भएको छ।
सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सहमति नजुटेपछि संसद अवरोध जारी राख्ने निर्णय लिइएको हो। सभामुख देवराज घिमिरेले संसद खुलाउने बिषयमा दलका प्रमुख सचेतकहरूसँग आइतबार छलफल गरेका थिए।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस विषयमा माओवादी केन्द्रले थप छलफल गर्ने जानकारी सञ्चारमाध्यमलाई दिएका छन्।
एमाले सांसद योगेस भट्टराईले प्रतिनिधि सभामा बोल्नेक्रममा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग गरेपछि माओवादीले संसद अबरुद्ध गर्दै आएको छ। सभामुख घिमिरेले भने उक्त शब्द संसदीय भएको भन्दै ‘रुलिङ’ गरेका थिए।
माओवादीले सभामुखको निर्णयमा आपत्ति जनाउँदै आएको छ।
प्रकाशित मिति: १३:५८ बजे, आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार