सर्वोच्चमा मुद्दाको सुनुवाईको प्रत्यक्ष प्रशारण माग गर्दै रिट
कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले रिट निवेदन दर्ता गरेका हुन्।
काठमाडौं, भदौ ३० : सर्वोच्च अदालतमा मुद्दाको सुनुवाईमा प्रत्यक्ष प्रशारणको माग गर्दै आइतबार रिट निवेदन दर्ता भएको छ।
कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले रिट निवेदन दर्ता गरेका हुन्। रिटमा सोमबार सुनुवाईका लागि पेशी तोकिएको छ।
विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको बताउँदै नेपालमा पनि आवस्यक रहेको रिटमा उल्लेख छ।
रिटमा सर्वोच्च अदालतलाई यथाशीघ्र प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाई स्पष्ट नीति तथा निर्देशिका तयार पार्न पनि माग गरिएको छ।
प्रकाशित मिति: १३:२० बजे, आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











