Kathmandu Press

सुनको मूल्यमा कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ। 
सुनको मूल्यमा कीर्तिमान

काठमाडौं, भदौ ३० : स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला पाँच सयले वृद्धि भएर कीर्तिमान बनाएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ। 

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर चाँदीको मूल्य एक हजार नौ सय निर्धारण भएको छ।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्