पलेशालाई पोखरा महानगरले दुई लाख २२ हजारसहित सम्मान गर्ने
महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताए ।
कास्की, भदौ ३० : पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।
महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको बताए ।
पोखरा रङ्गशालामा आज गरिने एक कार्यक्रमका बीच पलेशालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।
पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशाले २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।
प्रकाशित मिति: ०७:४९ बजे, आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












