Kathmandu Press

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल

साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। 
बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल

काठमाडौं, भदौ २९ : काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे होटल लेमट ट्रि प्रिमियर खुलेको छ। 

भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले बूढानीलकण्ठ हेरिटेजको व्यवस्थापन सम्हालेको छ। 

साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। 

होटलको एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गरे। उनले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे।

होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले माघ १ मा सफ्ट लन्च गरिएको फागुन पहिलो साता ग्रान्ड ओपनिङ गर्ने तयारी थालेको होटलको लागत कुल २ अर्ब ५० करोड पुगेको छ। 

२ अर्ब ४० करोडसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको होटलको कोरोना र आर्थिक मन्दीका कारण १० करोड लगानी बढेको उनले बताए।

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, भदौ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्