Kathmandu Press

क्लासिक टेकले ल्यायो रिफर बोनस अफर ‘तिमीलाई पनि मलाई पनि’

अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा। रिफर गर्ने र रिफर मार्फाद इन्टरनेट र आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्टमा बोनास थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो।  
क्लासिक टेकले ल्यायो रिफर बोनस अफर ‘तिमीलाई पनि मलाई पनि’

काठमाडाैं, भदाै २९ : देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तर्गत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ। 

अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा। रिफर गर्ने र रिफर मार्फाद इन्टरनेट र आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्टमा बोनास थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो।  

कम्पनिका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट र आइपी टिभी र रिफर मार्फाद इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना सम्मको इन्टरनेट र आइपी टिभी बोनस साथै वाईफाई भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ। 

नजिकिँदै गरेको चाडपर्बलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबिपीएसदेखि ३०० एमबिपीएससम्मको १ वर्षको इन्टरनेटंआइपी टिभी जडान गर्दा रिफर बोनस पाउने छन्। 

१२५ एमबिपिएस जडान गर्दा प्रति महिना ३०३ रुपैयाँ र २०० एमबिपिएस जडानमा प्रति महिना ५९१ रुपैयाँ लाग्ने छ। आफ्नो आफन्त, छर–छिमेकी, साथीभाइ स्टमित्रहरुलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ। 

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, भदौ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्