Kathmandu Press

बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

उनले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गरे। 
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
Hardik ivf

माेरङ, भदौ २९ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। 

बाल दिवसका अवसरमा शुभकामना दिँदै बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गरे। 
    
उनले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गरे। 
    
‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ,’ उनले भने।

मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाटसमेत बञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए।

प्रकाशित मिति: ११:१० बजे, शनिबार, भदौ २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्