करातेका कुशल उत्कृष्ट प्रशिक्षक, भारत्तोलनका कुशल बने युवा वर्ष खेलाडी
शुक्रबार आयोजित विशेष समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो।काठमाडाैं, भदाै २८ : पल्सर स्पोर्टस् अवार्डमा करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
शुक्रबार आयोजित विशेष समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो।
यो अवर्डामा क्रिकेट मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका संजय महर्जन मनोनयनमा थिए।
यस्तै, सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड भारत्तोलनका हेमन्त पालले जितेका छन्। भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा उनले तीन कांस्य जितेका थिए।
सर्वोत्कृष्ट खेलाडी बन्ने क्रममा हेमन्तले क्रिकेटका अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिती राई, टेनिसकी सुनिता थापालाई पछि पारे।
प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय ट्रफी फाइनलको पहिलो दिन १७ ओभर मात्र सम्भवमंगलबार, माघ १, २०८१
पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई नेपालको टक्कर, ९ रनले पराजितसोमबार, पुस २९, २०८१
जय ट्रफी : उपाधिमा पुलिस र आर्मीको भीडन्तआइतबार, पुस २८, २०८१