कोरोना संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा १५ सय वढीको मृत्यु
काठमाडौं, वैशाख १ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा....

काठमाडौं, वैशाख १ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या २२ हजार १ सय नाघेको छ ।
अमेरिकामा एकै दिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३२ हजार २३७ जना उपचारपछि निको भएका छन् ।
११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ५ हजार ९०८ जना उपचाररत छन् ।
प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












