Kathmandu Press

नेपाल सुपर लिगका मार्की खेलाडी सार्वजनिक

जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, पूर्वकमप्तान सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, सिनियर फास्टबलरद्वय सोमपाल कामी र करण केसी छन्।
नेपाल सुपर लिगका मार्की खेलाडी सार्वजनिक

काठमाडाैं, भदाै २८ : नेपाल क्रिकेट संघ (क्यान) नेपाल सुपर लिग (एनपिएल)का लागि मार्की खेलाडी सार्वजनिक गरेको छ। 

आफैंले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग एनपिएलका लागि शुक्रबार ८ मार्की खेलाडी छनोट गरेको हो।

Hardik ivf

जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, पूर्वकमप्तान सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, सिनियर फास्टबलरद्वय सोमपाल कामी र करण केसी छन्।

यस्तै, ओपनरद्वय कुशल भुर्तेल, आसिफ सेख तथा अलराउन्ड कुशल मल्ल पनि मार्की खेलाडीका रुपमा छनोट भएका छन्।

८ मार्की खेलाडी छनोट गरिएपनि उनीहरुको टिम भने घोषणा गरिएको छैन। कुन खेलाडी कुन टिमको मार्की खेलाडी बन्छन् भन्ने टुंगो शनिबार पत्रकार सम्मेलन गरेर लक्की ड्रमार्फत घोषणा गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

नेभेम्बर ३० देखि २१ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर गरी ८ टिम सहभागी हुनेछन्।

एनपिएलमा अन्य खेलाडीको छनोट अक्सनमा मार्फत हुनेछ। अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी क्यानको छ।

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्