अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व परिचालन प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री
सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए।काठमाडौं, भदौ २८ : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व परिचालनलाई प्रभावकारी बनाउनु पर्ने बताएका छन्।
शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गर्दै उनले अर्थतन्त्रलाई लयमा फर्काउन कर प्रशासनमा उल्लेखनीय सुधार गर्दै कर प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए।
सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिए।
अर्थमन्त्री पौडेलले आफ्नो एउटामात्रै लक्ष्य र चासो कर प्रशासनमा सुधार भएको बताएका छन्।
‘मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौं,’ उनले भने, सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु।’
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राजश्व परिचालनमा प्रभावकारी हुन सके मात्र अर्थतन्त्रका अन्य सूचकहरु लयमा फर्किने उल्लेख गरे।