Kathmandu Press

कोशी सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कांग्रेसबाट भुपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन्। यस्तै, भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।
कोशी सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मोरङ, भदौ २८ : एमालेका हिक्मत कार्की नेतृत्वमाा कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ। 

तीन मन्त्री र एक राज्यमन्त्री लिँदै कांग्रेस कोशी सरकारमा सहभागी भएको हो। 

Hardik ivf

कांग्रेसबाट भुपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन्। यस्तै, भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्। उनीहरु आजै बिहान प्रदेश प्रमुखबाट पद तथा गोपनियता शपथ लिइसकेका छन्।

कांग्रेस–एमालेबीच सत्ता गठबन्धन बनेको लामो समय भएपनि पार्टीभित्रै कुरा नमिल्दा कांग्रेस कोशी सरकारमा सहभागी भएको थिएन्।

कांग्रेसबाट सरकारमा सहभागी चारै जना संस्थान पक्षका हुन्। संस्थापनइतर अर्थात शेखर समूहले २ मन्त्रीको दाबी गरेपछि कांग्रेस सरकारमा जान ढिलाइ भएको थियो। 

संस्थापन पक्ष भने शेखर समूहलाई १ मन्त्री र १ राज्यमन्त्री दिन तयार रहेको बताइएको छ। सोही अनुसार अझै कांग्रेसले १ मन्त्री र १ राज्यमन्त्री कोशी सरकारमा पठाउन बाँकी छ। 

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्