Kathmandu Press

कोरोना भाइरसले ५० करोडलाई गरिब बनाउने

कोरोना भाइरसका कारण हुने आर्थिक क्षतिले ५० करोडलाई गरिबीतर्फ धकेल्ने अक्सफामले चेतावनी दिएको छ।

तीस वर्षमा पहिलो पटक गरिबी यसरी बढेको अक्सफामले जनाएको छ। यसक....

कोरोना भाइरसले ५० करोडलाई गरिब बनाउने

कोरोना भाइरसका कारण हुने आर्थिक क्षतिले ५० करोडलाई गरिबीतर्फ धकेल्ने अक्सफामले चेतावनी दिएको छ।

तीस वर्षमा पहिलो पटक गरिबी यसरी बढेको अक्सफामले जनाएको छ। यसका लागि संस्थाले अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) र किङ्स कलेज, लन्डनको अनुसन्धान प्रयोग गरेको छ।

Hardik ivf

“आर्थिक संकट स्वास्थ्य संकटभन्दा गम्भीर हुने देखिन्छ,” संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ। संस्थाले विश्वभरि ४० देखि ६० करोड जनसंख्या गरिबीतर्फ धकेलिने अनुमान गरेको छ। अर्को साता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र जि-२० का वित्त मन्त्रीहरूको बैठक हुँदैछ।

सन् २०३० सम्म गरिबी अन्त्य गर्ने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि भाइरसले वास्तविक चुनौती सिर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। “विकासोन्मुख देशमा चाँडोभन्दा चाँडो समाजिक सुरक्षामा नाटकिय विस्तार ल्याउनुपर्ने हाम्रो निष्कर्षले देखाउँछ। कोभिड १९ ले ती देशमा पर्ने प्रभाव र अन्तर्राष्ट्रिय समुदायले गर्न सहयोगबारे बढी ध्यान दिनु उत्तिकै महत्वपूर्ण छ,” किङ्स कलेजका प्राध्यापक एन्डी सम्नरले भने।

महाव्याधि नियन्त्रण हुँदासम्म विश्वको ७.८ अर्ब जनसंख्या गरिबी बाँचिरहेका हुनसक्छन्। त्यसरी गरिबीमा धकेलिनेमध्ये ४० प्रतिशत पूर्वी एसिया र प्रशान्त क्षेत्रका हुनेछन्। त्यसमा एक तिहाइ सब सहारान अफ्रिका र दक्षिण एसियाका हुनेछन्।

अक्सफाम जिबिका कार्यकारी प्रमुख ड्यानी श्रिसकन्दराजाले भने,“गरिब देशका अर्बौं कामदारका लागि बिरामी भत्ता वा सरकारी सहयोग केही छैन। अर्को साता हुने विश्व बैंक र जि-२० को बैठक विश्व नेतृत्वका लागि महत्वपूर्ण अवसर हो। सबैभन्दा जोखिमा रहेको जनसंख्याको सुरक्षाका लागि उनीहरूले संयुक्त आर्थिक राहत प्याकेज ल्याउन सहकार्य गर्नसक्छन्।”

यो साताको सुरूमा विश्वका सयभन्दा धेरै संस्थाहरूले विकासोन्मुख देशको ऋण मिनाहा गर्न आग्रह गरेका थिए। यसले उनीहरूको अर्थतन्त्रलाई सहयोग गर्न २५ अर्ब अमेरिकी डलर नगद टेवा पुग्नेछ।
 

प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्