साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी
‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ,’ उनले भने।-1726134881.jpg)
काठमाडौं, भदौ २७ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताएका छन्।
कर्पोरेसनको ६२औं वार्षिकोत्सवका अवसरमा उनले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिए।
‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ,’ उनले भने।
उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन साल्ट ट्रेडिङले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्ने धारणा मन्त्री भण्डारीले राखे।
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गनुपर्ने बताए।
‘साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्,’ उनले भने।
मन्त्री भण्डारीले सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्ने उल्लेख गरे। उनले भने, ‘कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ।’
मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गरे।
‘अब बजार संकुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ,’ उनले भने, ‘प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिकरुपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिस्कृत गरेर लैजानुपर्छ।’
अत्यावश्यक वस्तुको अभाव हुन नदिनेतर्फ संस्था सदैव सचेत हुनुपर्नेमा जोड दिँदै उनले रासायनिक मलको आपूर्ति व्यवस्था थप सहज बनाउन क्रियाशील बन्नुपर्ने उल्लेख गरे।










-1764753058.png)
-1764751301.jpg)
