‘अर्थतन्त्र सुधार गर्न राजस्व परिचालन प्रभावकारी बनाउनुपर्छ’
अर्थमन्त्री पौडेलले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको बताउँदै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताए।काठमाडौं, भदौ २६ : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधार गर्न राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताएका छन्।
‘भन्सार व्यवस्थापन गोष्ठी–२०८१’लाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको बताउँदै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताए।
अहिले रहेको अर्थमन्त्रमाथिको दबाबलाई आफूले गहिरो रुपमा हेरिहरेको बताउँदै उनले राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौं भने कसरी अगाडि बढ्न सकिँदैन कि भन्ने चिन्ता आफूमा रहेको उनले बताए।
अर्थमन्त्री पौडेलले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको उल्लेख गरे।
सो अवसरमा उनले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिए।