Kathmandu Press

कोशी सरकारमा सहभागी हुँदै कांग्रेस 

बुधबार बसेको कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय लिएको छ। 
कोशी सरकारमा सहभागी हुँदै कांग्रेस 

मोरङ, भदौ २६ : नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने तयारी कांग्रेसले गरेको छ। 

बुधबार बसेको कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय लिएको छ। 

कांग्रेस सरकारमा सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको छ। गत साउन १२ गते कांग्रेस–एमालेसँगको सहमति अनुरुप कांग्रेस सरकारमा सहभागी हुन थालेको हो। 
 

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्