ठगी आरोपमा कलाकार ‘ईकु’ पक्राउ, अदालतबाट पाँच दिन थुना म्याद
उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
काठमाडौं, भदौ २६ : कलाकार भिसामा युरोप पठाउने नाममा ठगी गरेको उजुरीका आधारमा कलाकार सुर्यमान शंकर (ईकु) लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कलाकार ईकुलाई पक्राउ गरेको हो। उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
प्रहरी अनुसन्धानकाक्रममा मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने गरेको भेटिएपछि ईकु पक्राउ परेका हुन्। बुढानीलकण्ठबाट पक्राउ गरिएका उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ।
प्रकाशित मिति: १५:४१ बजे, बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)