Kathmandu Press

कार्यालय समयमा कर्मचारीहरूलाई सेयर कारोबारमा रोक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय समयमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) नचलाउन निर्देशन दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र समेत गरेको छ।
कार्यालय समयमा कर्मचारीहरूलाई सेयर कारोबारमा रोक

काठमाडौं, भदौ २५ : सरकारले कार्यालय समयमा कर्मचारीहरूलाई दोस्रो बजारको सेयर कारोबारमा रोक लगाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय समयमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) नचलाउन निर्देशन दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र समेत गरेको छ।

कार्यालय समयमा शेयर कारोबारमा रोक लगाउँदा कर्मचारीहरू सेयर कारोबारबाट बन्चित हुने अबस्था देखिएको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई कार्यालय समयमा शेयर कारोबारमा रोक लगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिपत्र गरेको थियो

अख्तियारको पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले सबै प्रदेश र स्थानीय तहहरूमा परिपत्र गर्न प्रादेशिक समन्वय महाशाखा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।

 

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, भदौ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्