Kathmandu Press

पूर्वमुख्यमन्त्री कार्कीको अनसन रोक्न विराटनगरमा निषेधाज्ञा 

जिल्ला प्रशासन कार्यालयले मंगलबार निषेधाज्ञा जारी गरेको हो । कांग्रेस सांसद रहेका कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिँदै प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेका थिए ।
पूर्वमुख्यमन्त्री कार्कीको अनसन रोक्न विराटनगरमा निषेधाज्ञा 

विराटनगर, भदौ २५ : पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन बस्ने तयारी गरेपछि विराटनगरमा निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार निषेधाज्ञा जारी गरेको हो । कांग्रेस सांसद रहेका कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिँदै प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेका थिए । जिल्ला प्रशासनले शान्ति सुरक्षामा असर पर्न सक्ने कारण देखाएको छ।

Hardik ivf

 जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गर्दै सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाइएको छ। 

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी रहेको सूचनामा जनाइएको छ। 
 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, भदौ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्